मलेसियामा ६० वर्षे बीएन गठबन्धनको विरासत अन्त्य, विपक्षी दलका महाथिर मोहम्मद विजयी

मलेसियामा ६० वर्षे बीएन गठबन्धनको विरासत अन्त्य, विपक्षी दलका महाथिर मोहम्मद विजयी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ बैशाख २०७५
  • 11.2K
    Shares

मलेसियामा ६० वर्षे बीएन गठबन्धनको बिरासतको अन्त्य गर्दै  पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ ।

सरकार गठनका लागि आवश्यक १ सय १२ सिटको थ्रेसहोल्ड कटाएर ९२ वर्षिय  महाथिरले १ सय १५ सिट सुनिश्चित गर्नुभएको बीबीसीले उल्लेख गरेको छ।  रजाक नेतृत्वको बारिसियन नेशनल बीएन गठबन्धन ७९ मतमा सिमित भएको छ । २ सय २२  जनप्रतिनिधि चयन गर्न  भएको  निर्वाचनमा प्रधानमन्त्री नाजिव रजाक र  महाथिरबीच कडा प्रतिस्पर्धा भएको थियो ।

१४ औँ आमनिर्वाचनमा १ करोड भन्दा बढी मतदाताले मतदान गरेका थिए ।  बीएन गठबन्धनको लामो समयको विरासत अन्त्य गर्दै विजयी  महाथिरले आफूले कुनै बदलाको भावना नराखी विधिको शासनलाई अघि बढाउन सबैसँग सहकार्य गर्ने प्रतिक्रिया दिनुभएको छ । यसअघि सन् २०१३ मा भएको निर्वाचनमा प्रधानमन्त्री रजाकको पार्टी नेतृत्वको  गठबन्धनले अप्रत्यासित जित हासिल गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार