पोखरीमा डुवेर तीन बालिकाको मृत्यु

पोखरीमा डुवेर तीन बालिकाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ भाद्र २०७३
  • 14.2K
    Shares

सुनसरीको दक्षिणवर्ती अमडुवा गाविस–९ को जनता प्राथमिक विद्यालयको कम्पाउण्ड भित्र रहेको पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ । अत्याधिक गर्मि भएपछि बालिका नुहाउन गएका थिए ।

ऋषिदेवकी नौं बर्षकी छोरी करुणा, राजु ऋषिदेवकी छोरी १० बर्षकी दीपिका र रामु ऋषिदेव नौं बर्षकी छोरी नन्दनीको पोखरीमा डुबेर मृत्यू भएको प्रहरी निरिक्षक शिकुमार पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार विद्यालयबाट छुट्टि भएर घर गई पोशाक फुकालेर उनीहरु नुहाउन पोखरीमा गएका थिए ।

पुरानो तर गहिरो पोखरीमा पौडी खेल्न नजानेको कारण उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले शव पोष्टमार्टमका लागि कोशी अंचल अस्पताल विराटनगर लगेको छ ।

प्रतिक्रिया