गण्डकी ट्रक यातायात ब्यवसायी संघको अध्यक्षमा गिरी निर्वाचित

गण्डकी ट्रक यातायात ब्यवसायी संघको अध्यक्षमा गिरी निर्वाचित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ भाद्र २०७३
  • 13.8K
    Shares

गण्डकी ट्रक यातायात व्यवसायी संघ

गण्डकी ट्रक यातायात व्यवसायी संघको ३९ औं साधारण तथा १८ औं अधिवेशनले रवि गिरीलाई अध्यक्षमा निर्वाचित गरेको छ । प्रत्यासी अन्य दुई प्रतिश्पर्धिलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचत भएका हुन् । गिरीले ३०१ मत प्राप्त गर्दा अर्का प्रत्यासी कृष्ण कोइरालाले १५७ र हेमराज सुवेदीले १५० मत प्राप्त गरे । अध्यक्षमा तीन जनाविच प्रतिश्पर्धा भएको हो । दुई वर्ष अघि दुई मतले अध्यक्षको प्रत्यासीबाट पराजित भएका गिरी यसपटक भने अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको बरिष्ठ उपाध्यक्षमा चुडा गिरी निर्वाचित भएका छन् । उनले प्रत्यासी विकल पराजुलीलाई पराजित गरेका हुन् । गिरीले ३२१ मत प्राप्त गर्दा पराजुलीले २५४ मत मात्रै पाए । यसैगरी प्रथम उपाध्यक्षको लागि चार जनाविच भएको प्रतिश्पर्धामा विकास थापाले बाजी मारे । उनी २६० मतको साथ निर्वाचित भएका हुन् । सोहि पदका अन्य प्रत्यासीहरु एक नारायण चापाईले ११५, नन्दलाल ढुंगानाले १४२ र सुक बहादुर कुवरले ५४ मत प्राप्त गरे ।

द्धितीय उपाध्यक्षमा २८५ मतको साथ टंकराज बराल निर्वाचत हुदा अर्का प्रत्यासी दुर्गा भूगाईले २७६ मत ल्याए । महासचिवमा प्रत्यासी रुद्र बहादुर कार्की २९१ मत प्राप्त गरी निर्वाचित भए ।

सचिवमा भानु अधिकारी , कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमश विष्णुमणि बराल र अर्जुन गुरुङ निर्वाचित भएका छन् । सदस्यमा ईश्वर कुमार श्रेष्ठ, नेत्र बहादुर मगर र शिवराज घिमिरे निर्वाचित भएका छन् । दुई महिला सदस्य भने सर्वसम्मत चयन भए । गंगाकुमारी खनाल र लक्ष्मी श्रेष्ठ सदस्यमा सर्वसम्मत भएका हुन् ।

अधिवेशनमा ६१० मत खसेको थियो । दुई वर्षें कार्यकालको लागि १३ सदस्यीय कार्यसमिति निर्वाचन हुने प्रावधान छ । कार्यसमिति १९ सदस्यीय रहने प्रावधान छ । एकजना अध्यक्षले मनोनित गर्ने अधिकार रहन्छ । अन्य चार जना भने कार्यसमितिले चयन गर्ने छ ।

प्रतिक्रिया