नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई ‘विवस’लाई प्रहरीले गिरफ्तार गरेको छ । राईलाई बिहिबार काठमाडौंको कपनबाट गिरफ्तार गरिएको सो संगठनले जनाएको छ ।
तर गिरफ्तार गर्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन । नेकपा श्रोतले भने राजनैतिक आस्थाकै आधारमा युवा संगठनका अध्यक्ष राईलाई प्रशासनले गिरफ्तार गरेको बताएको छ ।