अमेरिकामा एक नग्न व्यक्तिद्वारा गोलीबारीः चारको मृत्यु

अमेरिकामा एक नग्न व्यक्तिद्वारा गोलीबारीः चारको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० बैशाख २०७५
  • 10.3K
    Shares

अमेरिकी राज्य टेनेसीको न्यासभिल शहरको बाहिरी इलाकामा एक नग्न बन्दुकधारीले रेष्टुरेन्टमा गोलीबारी गर्दा चारको मृत्यु भएको छ ।

हमलाकर्ता स्थानीय समयानुसार बिहान तीन बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरेको र सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु गरेको बीबीसीले जनाएको छ ।

घटनामा अन्य दुईजनासमेत घाइते भएका छन् । तीमध्ये एकले हमलाकर्ताको हातबाट उनको राइफल खोसेका थिए । यसै क्रममा हमलाकर्ता घटनास्थलबाट फरार भए ।

पुलिसले हमलाकर्ताको पहिचान २९ वर्षीय ट्रेविस रेनकिंगको रुपमा गरेको छ । उनको खोजी कार्य जारी छ ।

न्यासभिलका पुलिस प्रवक्ता डान एरोनका अनुसार ट्रेविसलाई गत वर्ष ह्वाइट हाउस नजिकैबाट पक्राउ गरिएको थियो । उनलाई प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेपछि पक्राउ गरिएको थियो ।

Metro Nashville PD

@MNPDNashville

BREAKING: Travis Reinking, 29, of Morton, IL, is person of interest in Waffle House shooting. Vehicle the gunman arrived in is registered to him. Gunman last seen walking south on Murfreesboro Pike. He shed is coat and is nude. See Reinking? Pls call 615-862-8600 immediately.

कसरी भयो हमला ?

हमलाकर्ता एक पिकअप ट्रकमार्फत रेष्टुरेन्ट बाहिर पुगे र लगत्तै बाहिरका दुईजनामाथि गोली हाने । त्यसपछि उनले रेष्टुरेन्ट भित्र गएर गोलीबारी गरे ।

तीनजनाको घटनास्थलमा नै मृत्यु भयो भने चौथो व्यक्तिको अस्पतालमा मृत्यु भयो ।

पुलिसका अनुसार हमलाकर्ता नग्न थिए र उनले शरिरमा एक हरियो ज्याकेट राखेका थिए । घटनास्थलबाट भाग्ने क्रममा त्यो ज्याकेट पनि खसेको पुलिसले जानकारी दिएको छ ।

प्रतिक्रिया