अल्जेरियामा सैन्यविमान दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु !

अल्जेरियामा सैन्यविमान दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु !


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ चैत्र २०७४
  • 13.1K
    Shares

अल्जेरियामा भएको सैन्य विमान दुर्घटनामा सयौँको संख्यामा मृत्यु भएको आशंका गरिएको छ । राज्यद्वारा सञ्चालित रेडियोका अनुसार राजधानी अलजायर्सबाट करिब २० माइल टाढा रहेको बोफारिक एयरबेसमा विमानले उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियो ।

मिडिया रिपोर्टका अनुसार सोभियतद्वारा डिजाइन इल्युसिन आइएल–७६ विमान दक्षिण अल्जेरियामा रहेको बेचारतर्फ जाँदै थियो ।

यतिबेला दुर्घटना स्थलमा उद्दारकार्य जारी रहेको छ ।

टेलिभिजन फुटेजमा दूर्घटनास्थलमा धुँवाको मुस्लो र उद्दारमा खटिएका राहतकर्ता र सुरक्षाकर्मीहरु देखिएका छन् ।

विमानमा २ सय जनाभन्दा बढी सवार भएको भनिएको छ ।

यो विमान बोइङ ७३७ विमानभन्दा पनि लामो हुन्छ र यो सैन्य सामाग्री बोक्नका लागि डिजाइन गरिएको हुन्छ ।

थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार