Many dead, including women and children, in mindless CHEMICAL attack in Syria. Area of atrocity is in lockdown and encircled by Syrian Army, making it completely inaccessible to outside world. President Putin, Russia and Iran are responsible for backing Animal Assad. Big price…
सिरियाको सैन्य एयरपोर्टमा मिसाइल हमला भएको छ । सिरियाको सरकारी मिडियालाई उद्धृत गर्दै बीबीसीले सो कुरा जनाएको हो । खबरका अनुसार सैन्य अड्डामा एयर डिफेन्स सिस्टम सक्रिय थियो ।
सरकारी समाचार एजेन्सी सानाका अनुसार तेफुर एयरपोर्टको टर्मिनल फोरमा थुप्रै मिसाइल हमला गरिएको छ । यद्यपी, अहिलेसम्म यो रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन । यसअघि आइतबार बिद्रोहीहरुको कब्जामा रहेको शहर डोमामा रासायनिक हमलाको खबर सार्वजनिक भएको थियो ।
आइतबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाली राष्ट्रपति बशल अल–असदलाई ‘जनावर’ भनेका थिए । ट्रम्पले सिरियाको विषयमा असद, रुस र इरानलाई ठूलै मूल्य चुकाउने चेतावनी पनि दिएका थिए ।