काठमाडौं : अमेरिकाको न्यु योर्क सिटीस्थिति ट्रम्प टावरमा आगलागी भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५८ तले यो गगनचुम्बी महलको ५० औँ तलामा लागेको आगोका कारण एकजनाको मृत्यु भएको र चारजना अग्निनियन्त्रक घाइते भएको बीबीसीले जनाएको छ।
मृतक ट्रम्प टावरकै बासिन्दा भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको समाचारमा जनाइएको छ।
अमेरिकाको अग्नि नियन्त्रण विभागले सार्वजनिक गरेका फोटामा उक्त भवनको माथिबाट आऊोको लम्का निस्किरहेको देखिन्छ।
ट्रम्पले आगो निभाउन सहयोग गरेको भन्दै ट्विटरसबाट अग्नि नियन्त्रकलाई धन्यवाद दिएका छन्।
Fire at Trump Tower is out. Very confined (well built building). Firemen (and women) did a great job. THANK YOU!
— Donald J. Trump (@realDonaldTrump) April 7, 2018
ट्रम्पका अधिकांश व्यवसाय यही महलबाट सञ्चालन हुन्छन्। राष्ट्रपति निर्वाचित भएपछि भने उनी न्यो योर्कमा निकै कम बस्छन्।