क्लासिक निर्देशकले मलाई सबैभन्दा धेरै रुहाएका छन् : नम्रता श्रेष्ठ

क्लासिक निर्देशकले मलाई सबैभन्दा धेरै रुहाएका छन् : नम्रता श्रेष्ठ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ माघ २०७२
  • 15.9K
    Shares

पछिल्लो समय नेपाली सिने नगरिमा निक्कै चर्चामा रहेको फिल्म हो ‘क्लासिक’ । यहि फिल्मकी मुख्य नायिका नम्रता श्रेष्ठ भने यो फिल्मलाई लिएर नर्भस छिन् । त्यसो त उनी क्लासिकलाई लिएर मात्रै नर्भस भएकी होइृनन् । उनी आफ्ना हरेक फिल्म रिलिजको समयमा नर्भस हुने गर्छिन । आफूले गरेको कामलाई दर्शकले कसरी लिने हुन भन्ने कुराले उनलाई नर्भस तुल्याएको हो । त्यसो त उनी चलचित्र क्लासिकलाई लिएर एक्साईटेड पनि छन् ।

यो चलचित्र मार्फत उनी दृष्टिविहिन पात्राका रुप मा पर्दामा देखिदै छन् । चलचित्रमा दृष्टिविहिन पात्रको भूमिका निर्वाह गर्न उनले केहि समय दृष्टिविहिन मान्छेको संगत पनि गरेकी थिईन । सेटमा सबै कुरा देख्दा देख्दै नदेखेको अभिनय गर्न निक्कै गाह्रो भएको थियो उनलाई । तर, अभिनयको डुबाईमा कुनै खोट नछाडेको नम्रताको भनाई छ । यो फिल्ममा निर्देशकले सबैभन्दा धेरै आफूलाई रुहाएको उनी बताउछिन् ।

उनले राम्रो काम गरेता पनि यो फिल्मले कस्तो उपस्थिती जनाउला बजारमा भन्ने अहिले नम्रतालाई पिरलो छ । उनी फिल्मको प्रचारमा खुलेरै लागेकी छन् । नोभेम्बर रेनबाट पर्दामा हिट भएको जोडी आर्यन र नम्रताको जोडी क्लासिकमा पनि देखिने छन् । त्यसो त दर्शकले रुचाएको खण्डमा अन्य चलचित्रमा पनि आफूहरु सँगै देखिने नम्रता बताउछिन् ।

प्रतिक्रिया