वामपन्थीहरुलाई तह लगाउन विप्लव, वैद्य, सिंह र कट्टेलबीच एकता हुने

वामपन्थीहरुलाई तह लगाउन विप्लव, वैद्य, सिंह र कट्टेलबीच एकता हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० चैत्र २०७४
  • 7.7K
    Shares

एमाले र माअाेवादी केन्द्रकाेे दक्षिणपन्थी अवसरवादलार्इ पराजित गर्ने भन्दै चार कम्युनिस्ट पार्टीहरूले एकताकाे प्रक्रिया थालेका छन् ।

नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र ऋषि कट्टेल नेतृत्वको नेकपालेे एकताकाे सैद्धान्तिक अाधार तयार पारेका छन् ।

हालसालै बसेकाे संयुक्त बैठकले यस्ताे अाधार तयार पारेका हुन् ।

साथै बैठकले चार पार्टीका बीच एकताका आधार तयार पार्न छलफल र बहस गर्दै जाने र सहमति भएका सवषयमा संयुक्त आन्दोलन गर्ने सहमति भएकाे छ।

बैठकले आन्दोलनको ठोस कार्यक्रम बनाउन अर्को बैठक बस्ने निर्णय भएको नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले प्रेस नोटका माध्यमबाट जानकारी दिएका छन् ।

 

एमाले र माअाेवादी केन्द्रले दक्षिणपन्थी कम्युनिस्टहरूबीच एकतामा जाेड दिइरहेकाे बेला क्रान्तिकारी कम्युनिस्टहरूले क्रान्तिकारी ध्रुवीकरणमा जाेड दिएका छन् ।

यस्तो छ बैठकपछि जारी प्रेस नोटः

आज मिति २०७४ चैत ९ गते चार पार्टी – नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त बैठक सम्पन्न भयो । बैठकमा पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्दै जाने र सहमति भएका विषयमा संयुक्त आन्दोलन गर्ने ठेगान भएको छ । आन्दोलनका ठोस कार्यक्रम बनाउन अर्काे बैठक बस्ने निर्णय भएको छ ।

मोहनविक्रम सिंह

महामन्त्री

नेकपा (मसाल)

प्रतिक्रिया