पत्नी– आज धुनलाइ कपडा धेरै ननिकाल्नुस्
पति – किन ?
पत्नी – हाम्रो घरमा काम गर्ने दिदी २ दिन आउनुहुन्न
पति – किन ?
पत्नी – New Year मा आफ्नो नातिलाई भेट्न आफ्नो छोरीको घर जाने रे..
पति – ठिक छ तेसोभए अफिस जाँदा लगाउने मात्र निकाल्छु l अनि New Year को लागि छोरीकोमा जाँदै रहेछिन l ५०० रुपया खर्च देउ है त्यो दिदीलाई ।
पत्नी – अरु पनि चाडबाड आउँदैछ सँधै खर्च दिएर हुन्छ ? पछि एकैपल्ट दिउँला नि बोनस जस्तै गरेर… !
पति – अरे हैन बाबा..गरिब छिन् घरको सारा काम गर्छिन् l छोरी नाति नातिना भेट्न जादैछिन् उनलाइ पनि खुसी लाग्छ अनि महङ्गाइ यस्तो छ जाबो तेति तलबले कसरी मनाउँछिन् त चाडबाड ? बिचरी……!
पत्नी – तपाईं पनि हद गर्नुहुन्छ, जरुरत भन्दा ज्यादा भावुक बन्नुहुन्छ । यसरी कसरी चल्छ ? धेरै दयालु नबन्नु है
पति – तिमी चिन्ता नगर म आज हाम्रो पिज्जा खाने प्रोग्राम क्यान्सिल गर्दिन्छु बेकार मा ५०० रुपया खेर जान्छ l बासी ८ टुक्रा रोटिको पिज्जा मा….
पत्नी – वा वा कति राम्रो कुरा गर्नुभएको ? हाम्रो मुखबाट पिज्जा खोसेर कामगर्ने नोकर्नीको थालमा पस्किने….।
I
३ दिन पछि काम गर्ने महिलालाई पत्नीले सोध्छिन्
पत्नी– के छ दिदी सन्चै हो ? कस्तो भयो त छुट्टि ?
काम गर्ने – एक्दमै रमाइलो भयो हजुर, सरले ५०० दिनुभएको थियो चाड बाडको बोनस भनेर…..
पत्नी – तेसोभए गएर आउनुभयो छोरीको घर सबैलाई भेटेर ?
काम गर्ने – हजुर भेटेर आएँ रमाइलो भयो २ दिनमा सरले दिनुभएको ५०० रुपैयाँ सबै खर्च भयो सकियो…
पत्नी – हो र दिदी केके गर्नुभयो त ५०० रुपैयाँको ?
काम गर्ने – नातिको लागि १५० रुपया को टिसर्ट ४० रुपया को खेल्ने पुतली ५० रुपया को मिठाई ६० रुपया गाडी भाडा…२५ रुपया को चुरा नातिनी को लागि अनि ज्वाइँ लाई
बेल्ट किनिदिए राम्रो 95 रुपयाको अनि बाकिरहेको 80 रुपया नातिलाइ कापी पपेन्सिल किन्न भनेर दिए.
.कुच्चोपोचा लगाउदै पूरा हिसाब एकैसास मा भनिदिइन….
पत्नी – दिदी ५०० रुपैयाँमा यति धेरै सामान ?
उनले आश्चर्य मान्दै प्रस्न गरिन् अनि मन मनै सोचिन्…..
उनको आँखा अगाडि आठ टुक्रा गरिएको ठुलो पिज्जा फनफन घुम्न लाग्यो मानौ पिज्जाको एक एक टुक्राले उनको दिमाख मा हतौडा मारिरहेको थियो….
आफुले एउटा पिज्जा मा खर्चगर्ने पैसाको तुलना त्यो काम गर्ने दिदिले एउटा चाड बाड नै सकेको कुरा उनले हिसाब गर्न थालिन् l
पहिलो टुक्रा बच्चाको टिसर्ट को दोश्रो टुक्रा …..को तेश्रो मिठाई को चौथो गाडिभाडा को पाचौ उनले नातिनिलाइ दिएको गुडिया को छैटौ चुरा को सातौ ज्वाइँ लाई दिएको बेल्ट को अनि आठौ पेन्सिल र कापी किन्न दिएको..
आजसम्म उनले हमेसा पिज्जाको एक साइड मात्र देखेकी थिईन् कहिल्यै त्यो पिज्जा पल्टाएर तेस्को अर्कोभाग देखेको थिइनन् कि पिज्जा पछाडिबाट हेर्दा कस्तो देखिन्छ?……
तर आज त्यो आफ्नो घरमा काम गर्ने दिदि ले उनलाइ पिज्जा को पछाडिको भाग देखाइदिइन …..पिज्जा को ८ टुक्राले उनलाइ जीवन को अर्थ बताइरहेको थियो……
“जिबनको लागि खर्च वा खर्चको लागि जीवन एस्को
नया अर्थ एक झट्कामा उनले बुझेको आभास हुन्थ्यो”!!!!