काठमाडौं / एजेन्सी, २२ फागुन ।
बौद्ध र मुश्लिम धर्मालम्वीहरुका बीचमा राजधानी कोलम्वोमा भएको हिंस्रक झडपपिछ श्रीलंकामा १० दिनको लागि संकटकाल घोषणा गरिएको छ । श्रीलंकाको काण्डीमा मंगलबार भएको बौद्ध–मुश्लिम समुदायका बीचमा हिंस्रक झडप भएको थियो । सो झडप लगत्तै त्यहाँको सरकारले आपतकालिन अवस्थाको घोषणा गर्दै संकटकालीन आदेश जारी गरेको छ ।
राजधानी कोलम्बोसहितका शहरहरुमा सेना परिचालन गरिएको छ भने सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ । सामाजिक हिंसामा के कति मानवीय क्षति भयो भन्ने एकिन हुन सकेको छैन । आज विहानैदेखि भड्किएको हिंसा सुरक्षाकर्मी र स्थानीय प्रशासनको नियन्त्रण भन्दा बाहिर गएपछि १० दिनका लागि संकटकाल लागि गरिएको त्यहाँका सरकारी प्रबक्ता दयासिरी दयासेकाराले जनाएको अन्त्तर्राष्ट्रिय सञ्चार माध्यमले रोयटर्सले जनाएको छ ।
श्रीलंका नेपालको मित्र राष्ट्र तथा सार्क देश समेत हो ।