काठमार्डौ : भारतको छत्तिसगढको बीजापुरमा प्रहरीसँगको भिडन्तमा कम्तिमा १० माओवादी र एक प्रहरीको मृत्यु भएको छ । भिडन्तपछि माओवादीको साथमा रहेको ठूलो मात्रामा हतियार प्रहरीले बरामद गरेको छ। डीआईजी सुंदरराज पीले प्रहरीसँगको भिडन्तमा मारिएका दस माओवादीको शव बरामद भएको बताए।
डीआईजी सुंदरराजका अनुसार छत्तिसगढ र तेलंगानाको सुरक्षाकर्मीको टोलीले उसुर थाना क्षेत्रको पुजारीपारामा माओवादी विरुद्ध अपरेशन चलाएको छ , उक्त अपरेशनका क्रममा माओवादीसँग प्रहरीको भिडन्त भएको हो। डीआईजी सुंदरराजले उक्त इलाकामा माओवादीको खोजतलास जारी रहेको बताए।
उनले मारिने माओवादीको सँख्या बढ्न सक्ने जानकारी दिए। मारिएका माओवादीको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीले १० जना माओवादी मारिएको घटनालाई ठूलो सफलता मानेको छ मारिनेमा माओवादीका ठूला नेता समेत हुनसक्ने प्रहरीको दाबी छ।
बीजापुर इलाकामा पछिल्लो महिना माओवादीले धेरै हिंसात्मक घटना घटाएका थिए। सडक निर्माणमा लगिएका धेरै सवारीसाधनमा आगजनी गरेका छन। माओवादीको अबरोधका कारण सडक निर्माण ठप्प भएको छ।छत्तिसगढको धमतरी, गरियाबंद र राजनान्दगाउँ लगायतका इलाकामा माओवादीले संगठन विस्तार र नयाँ कमिटीको गठन गरिएको सुचना आएको प्रहरीले जनाएको छ।