अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने यौन सम्बन्धमा प्रतिबन्ध लगाइने बताएका छन्।
मन्त्रिमण्डलमा रहेका उपप्रधानमन्त्रीको सम्बन्ध एउटी पूर्वकर्मचारीसँग भएको सार्वजनिक भएपछि उनले यस्तो घोषणा गरेको बिबिसीले जनाएको छ ।
एउटा पत्रकार सम्मेलनमा बोल्दै बार्नबी जोइसको आचरणलाई ’विवेकमा भएको भयङ्कर त्रुटि’ भन्दै प्रधानमन्त्री टर्नबुलले उनको निन्दा गरे।
मन्त्री पदको गरिमा तोडिएको छ कि छैन भनेर छानबिन हुँदै गर्दा जोइस सोमवारदेखि बिदामा बस्दै छन्।
जोइस र टर्नबुल दुवैले कुनै पनि स्थापित नियम भने उल्लङ्घन नभएको दाबी गरेका छन् ।