राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितका लागि दोस्रो किस्ताको डेढ लाख रुपैयाँ भुक्तानी लिने अवधि चैत मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले दोस्रो किस्ता दिने समयसीमा चैत मसान्तसम्म पुर्याउने निर्णय गरेको हो। देउवाकैअध्यक्षतामा गत असार २८ गतेको बैठकले ‘०७३ पुस मसान्तसम्म पहिलो किस्ता प्राप्त गर्नेनिजी घरधनीले ०७४ पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने’ निर्णय गरेको थियो।
सोहीबैंठकले ‘०७४ असार मसान्तभित्र प्रथम किस्ता प्राप्त गरेका निजी घरधनीले ०७४ चैतमसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने’ निर्णय गरेको थियो। ०७४ असारमा पहिलो किस्तालिएकाहरूलाई दोस्रो किस्ता रकम बुझ्ने समयसीमा अझै बाँकी छ। ‘तर ०७३ पुस मसान्तभित्र पहिलो किस्ता लिइसक्ने घरधनीले विभिन्न कारणले जग निर्माणगर्न नसकेर दोस्रो किस्ताको रकम लिन नपाएको गुनासो आयो,’ प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत (सीइओ) युवराज भुसालले भने, ‘उक्त गुनासोलाई मध्यनजर राख्दै अबदोस्रो किस्ता आगामी चैत मसान्तसम्म लिन सकिने निर्णय भएको हो। अब सबै प्रकृतिकाघरधनीले अगामी चैत मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्नेछ।’ सरकारलेभूकम्पपीडितहरूका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा डेढ लाख र अन्तिमकिस्तास्वरूप १ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
पहिलो किस्ता बुझ्न अनुदान सम्झौता गर्नुपर्ने हुन्छ। सम्झौतापछि ५० हजार रुपैयाँ लिएर घरको जग निर्माण गरेपछि दोस्रोकिस्ताको डेढ लाख रुपैयाँ पाउने हो। जगभन्दा माथि छाना छाउनुभन्दा अगाडिका कामसकेर तेस्रो किस्ताको लागि बुझ्न सक्ने व्यवस्था गरिएको छ।
गत असारमै पहिलो किस्ता र तेस्रो किस्ता रकम बुझ्ने समयसीमा तोकिए पनि हाललाईदोस्रो किस्ता रकम बुझ्ने समयसीमा मात्रै थप गरेको हो। प्राधिकरणको तथ्यांकअनुसार अबकरिब ५ लाख निजी घरधनीले आगामी चैत मसान्तभित्र दोस्रो किस्ता बुझिसक्नुपर्ने हुन्छ।‘हाम्रो उद्देश्य यो आर्थिक वर्षभित्र अधिकांशले घर बनाइसकून् भन्ने हो,’ उनले भने, ‘गुनासाकाआधारमा पहिलो किस्ता रकम भुक्तानीको समय पनि थप हुनेछ।’
गत असारमा ‘अनुदान सम्झौता गरी प्रथम किस्ता ०७४ असोज मसान्तभित्र लिइसक्नुपर्ने’निर्णय गरेको थियो। सम्झौता सम्पन्न भएको तर गत असोजमा प्रथम किस्ता नलिने निजीघरधनीहरू पनि छन्। ‘उनीहरूले गुनासाको दर्ता गराएका हुन सक्छन्,’ सीईओ भुसालले भने,‘गुनासो आगामी फागुन दोस्रो साताभित्र फछर्योट गरिसक्ने योजना छ। गुनासाको अवस्थाहेरेर उनीहरूका लागि पनि अर्को व्यवस्था गरिनेछ।’ त्यस्तै ‘०७४ पुस मसान्तभित्र दोस्रोकिस्ता प्राप्त गर्ने निजी घरधनीले ०७४ चैत मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने’ निर्णयगत असारमा भएको छ। ‘०७४ चैत मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले ०७५असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने’ निर्णय भएको छ। उक्त आधारमा ०७५ असारमसान्तभित्र सबै प्रकृतिको किस्ता भुक्तानी गरी सबै घर निर्माण गरिसक्ने लक्ष्य प्राधिकरण
लिएको हो।
तर, प्राधिकरणको हालसम्मको तथ्यांकअनुसार उक्त लक्ष्य पूरा हुन निकै कठिन देखिन्छ।प्राधिकरणका अनुसार हालसम्म निर्माण सम्पन्न भइसकेका घरहरूको संख्या ९५ हजार ६सय ७१ मात्रै हो। निर्माण गर्नुपर्ने घरहरूको संख्या ७ लाख ६७ हजार ७ सय ५ हो। उक्तआधारमा हालसम्म करिब १२ दशमलव ४६ प्रतिशत मात्रैले घर निर्माण सम्पन्न गरिसकेकाछन्।
प्राधिकरणको तथ्यांकअनुसार निर्माण सम्पन्न भइसकेका घरहरूमध्ये धेरैजसो अनुदाननलिई स्वस्फूर्त निर्माण गरिएअन्तर्गतका हुन्। केहीले गैरसरकारी संस्थाको सहयोगमा घरनिर्माण सम्पन्न गरेका छन्। शुक्रबारको बैठकमा प्रधानमन्त्री देउवाले विभिन्न चुनौतीका बाबजुद पुनर्निर्माणको कामसन्तोषजनक रूपमा अघि बढिरहेको बताएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।
‘निर्देशकसमिति सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समयथप गरिएको १ लाख रुपैयाँको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको उल्लेख गर्दै विश्वबैंकले ४० अर्ब रुपैयाँ दिने सहमति भएको जानकारी गराए,’ विज्ञप्तिमा भनिएको छ।समितिका उपाध्यक्ष भीम रावलले भूकम्पपछिको पुनर्निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्षनभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए। ‘प्राधिकरणमा पटक–पटक नेतृत्वपरिवर्तन गर्ने कार्यले भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि
भन्ने आशंका उत्पन्न भएको रावलको धारणा थियो,’ विज्ञप्तिमा भनिएको छ। सीईओभुसालले पुनर्निर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्नेआवश्यकतालगायत विषयमा बैठकमा जानकारी गराएका थिए।
‘प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनर्निर्माणमा चुनौती थपिए पनितिनको सम्बोधन गर्दै निजी आवास पुनर्निर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्नेअवस्थामा पुग्न लागेको बताए,’ विज्ञप्तिमा भनिएको छ। योजना आयोगका उपाध्यक्ष स्वर्णिमवाग्लेले पहिलो दाता सम्मेलनबाट ४ खर्बभन्दा बढी रकम प्रतिबद्धतता आएकालेपुनर्निर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्न सकिन्छकि भन्ने बारे छलफल भइरहेको बताए।
किस्ता बुझ्ने समय
िपहिलो किस्ता : ०७४ असोज मसान्तभित्र (समय सकिएकाले अर्को निर्णय हुन बाँकी)
िदोस्रो किस्ता : ०७४ चैत मसान्तभित्र (शुक्रबारको निर्देशक समितिको निर्णय)
ितेस्रो किस्ता : ०७४ पुसमा दोस्रो किस्ता लिनेलाई ०७५ जेठ र अन्यलाई ०७५ असारमसान्त