रोज राणामाथि खुकुरी हान्ने मोटे र कटुन्जे पक्राउ

रोज राणामाथि खुकुरी हान्ने मोटे र कटुन्जे पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ भाद्र २०७३
  • 11.1K
    Shares

रोज राणा

निर्माता रोज राणामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोजमाथि ३१ गते पुरानो बानेश्वरमा खुकुरी प्रहार भएको थियो । उनको अहिले उपचार चलिरहेको छ ।

राणामाथि खुकुरी प्रहार गरेको आरोपमा मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मोटे आक्रमणकारी हुुन् भने कटुन्जे सहयोगी थिए ।

मुख्य योजनाकार जोधा भन्ने रत्नबहादुर लामा भने फरार छन् । जोधा गुण्डा नाइके हुन् । रोज आफैं विगतमा विभिन्न कारोबार र गुण्डागर्दीमा संलग्न रहेका थिए । उनले पुरानो रिसिइबी साध्न रोजमाथि आक्रमणको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भारतमा बस्दै आएका जोधाले रोजमाथि अक्रमण गर्ने योजना पहिले नै बनाएका थिए । तीन महिना पहिले नै मोटेलाई सिलगुडी बोलाएर रोजमाथि आक्रमण गर्न भन्दै ५० हजार भारु पेस्की दिएका थिए । हालै नेपाल आएका उनले थप ३० हजार दिएका थिए । साथै काम सम्पन्न भएपछि ३० लाख दिने र भविश्यमा पनि सहयोग लिने बचन दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया