याङ्गुन । म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ। जातीय द्वन्द्व फैलाउन गैर-जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको छ।
उनले मानवीय क्षति हुनेगरी घटनाहरू भइरहेका राज्यमा हिंसा फैलाउन भित्रभित्र काम गरिरहेको बताइएको छ। गत मङ्गलबार एउटा सरकारी कार्यालय नियन्त्रणमा लिन खोजेका बेला प्रदर्शनकारी र प्रहरीकाबीचमा झडप हुँदा सात जनाको मृत्यु भएको थियो। घटनामा अरु दर्जनौ घाइते पनि भएका छन्।
सरकारी सहयोग रहेको संचार माध्यमले तल्लो संसदका सदस्य आय माउङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले गत सोमबार राष्ट्रबादी राजनीतिक नेताका विरुद्धमा आक्रामक रुपमा प्रस्तुत भएको र सैन्य संघर्ष गर्ने ‘सही समय’ आएको भन्दै उत्तेजित पारेको सरकारी पक्षको आरोप छ।
राखिनेमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौँको सङ्ख्यामा बौद्ध धर्मावलम्बी प्रर्दशनकारी र सुरक्षा अधिकारीबीच झडपको थियो।
दश लाख भन्दा बढी रोहिङ्याहरुको बासस्थानका रुपमा रहेको राखिने राज्य गत अक्टोबर २५ बाट सुरु भएको सैनिकको दमनको कारण ६ लाख ४० हजार भन्दा बढी रोहिङ्या भागेर बङ्गलादेश पुगेका छन्। रोहिङ्या मुसलमानप्रति भएको सैनिक दमनका कारण केही महिनायता यो राज्य अस्तव्यस्त भएको छ।रासस