चीनमा भ्रष्टाचारको अभियोगमा १४ जनालाई गोली हानेर मृत्युदण्ड दिईएको छ । भ्रष्टाचारको विषयमा अत्यन्तै कडा कानून रहेको चीनमा १४ जनालाई गोली हानेर मृत्युदण्ड दिईएको हो । २० करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा उनीहरुलाई उक्त सजाय दिईएको हो ।
सरकार कर्मचारी रहेको उनीहरु भ्रष्टाचार गरेर जापानतिर भागेका थिए । जापानबाट चीन ल्याएर उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिईएको भिडियो समेत सार्वजनिक गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मृत्युदण्ड दिईएकाहरुमा ८ जना पुरुष र ६ महिला रहेका छन् । अन्य कसैले पनि यस्तो अपराध गर्न नसकोस् भनेर चीनले उनीहरुलाई मृत्युदण्ड दिईरहेको भिडियो समेत सार्वजनिक गरको छ ।
https://youtu.be/0Ymc5qtVS0g