भारतीय रिजर्भ पुलिस फोर्सको तालिम केन्द्रमा आतंकवादी आक्रमण, पांच भारतीय सुरक्षाकर्मीको मृत्यु

भारतीय रिजर्भ पुलिस फोर्सको तालिम केन्द्रमा आतंकवादी आक्रमण, पांच भारतीय सुरक्षाकर्मीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ पुष २०७४
  • 6.2K
    Shares

भारतको जम्मु-कश्मिरस्थित केन्द्रीय रिजर्भ पुलिस फोर्सको तालिम केन्द्रमा आतंकवादी संगठन जैस ए मोहम्मदका सशस्त्र हतियारधारी सदस्यले आइतबार मध्यराति आक्रमण गर्दा भएको भिडन्तमा कम्तिमा ५ भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

यो घटनामा सीआरपीएफका पाँच जवान मारिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जवाफी कारबाहीमा दुईजना आक्रमणकारी मारिएको पनि बताइएको छ । करिब १२ घन्टासम्म चलेको भिडन्तका क्रममा अन्य तीनजना भारतीय सुरक्षाकर्मी घाइते भएका छन् ।

आइतवार बिहान करिब २ बजे आतंकवादीहरुको समूह पुलवामास्थित लेथपोराको १८५ सीआरपीएफ बटालियनको तालिम केन्द्रमा पसेको थियो । उनीहरुले त्यहाँ पसेर पहिले ग्रिनेड हानेका थिए । त्यसपछि उनीहरुले लगातार गोली बर्साएका थिए ।

आक्रमणकारी घुसेपछि गेटमै रोक्ने प्रयास भएको थियो । त्यस क्रममा तीनजना सिपाही घाइते भएका थिए । गोली लागेका जवानहरुको अस्पतालमा मृत्यु भएको बताइएको छ।

जवाफी कारवाहीका क्रममा एक अन्य जवान सैफुदिन पनि मारिएका थिए । भिडन्तपछि खानतलासी गर्दा दुईजना आक्रमणकारीको शव भेटिएको छ।

आतंकवादी संगठन जैश-ए-मोहम्मदले यस आत्मघाती हमलाको जिम्मेवारी लिएको छ। जैशका प्रवक्ता हसन शाह यो हमलामा आफ्ना साथीहरु नुर त्राली र तलह रशिदको हत्याको बदला लिन सीआरपीएफ क्याम्पमा हमला गरिएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार