रियल मड्रिडका रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता

रियल मड्रिडका रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ मंसिर २०७४
  • 10.4K
    Shares

२८ मंसिर, काठमाडौं । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

रियल मड्रिडले अबुधावीको फुटबल क्लब अल जलीरामाथि २–१ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले एक गोल गरे ।

खेलमा अग्रता भने अल जलीराले ४१ औं मिनेटमा रोमारिन्होको गोलबाट लिएको थियो । तर, ५३ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।

यससँगै उनी क्लब वल्र्डकपमा सर्वाधिक गोलकर्ता बने । उनले बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वरेजलाई पछि पारे ।

प्रतिक्रिया