श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्र्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपुर्वक मनाइने छठ पर्व आज (मंगलवार) ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो ।
पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन बुधबार पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाई ‘खरना’ विधि गर्ने गर्छन । त्यस्तै, विहिबार संध्याकालिन र शुक्रबार प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन हुनेछ ।