भारतीय सेनाका हेलिकोप्टर दुर्घटना, पाँच सैनिकको मृत्यु

भारतीय सेनाका हेलिकोप्टर दुर्घटना, पाँच सैनिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ असोज २०७४
  • 9.4K
    Shares

भारतीय सेनाको हेलिकोप्टर भारतको अरुणाचल प्रदेशमा दुर्घटना  हुँदा पाँच सैनिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक सैनिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतीय वायु सेनाको एमआई–१७ भी ५ हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाको छानविनका लागि सेनाले आदेश दिएको छ ।

सेनाका लागि आवश्यक सामान लिएर गइरहेको अवस्थामा शुक्रबार बिहान तवाङ्ग क्षेत्र नजिकै दुर्घटना भएको थियो ।

भारतीय संचारमाध्यमका अनुसार पछिल्लो तीन वर्षयता भारतीय सेनाका ३७ ओटा अत्याधुनिक लडाकु विमान र हेलिकोप्टर दुर्घटना भइसकेका छन् । केही दिन पहिले राज्यमन्त्री डा. सुभाष भामरेले राज्यसभामा लिखित जवाफ पेस गर्दै २० जना सैनिक र ९ जना पाइलटको मृत्यु भएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार