मोहन बैद्य प्रचण्डसँग रिसाए, प्रधानमन्त्री भए लगत्तै वैद्यले गरे आन्दोलन घोशमा

मोहन बैद्य प्रचण्डसँग रिसाए, प्रधानमन्त्री भए लगत्तै वैद्यले गरे आन्दोलन घोशमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० साउन २०७३
  • 9.4K
    Shares

कुनै समय एउटै पार्टीमा सँगै नेतृत्व गरेर रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भइ पदभार ग्रहण नगर्दै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । राजधानीमा तीन दिन भएको केन्द्रीय समितिको बैठकले राष्ट्रिय स्वाधिनताका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

यस्तै, सुकुम्बासी समस्या, भ्रष्टाचार, कमिशनखोरी, महङ्गी, कालाबजारीको विरोध र भूकम्पपीडितहरूका लागि नवनिर्माणको व्यवस्था लगायतका विषयलाई लिएर पनि वैद्य माओवादीले आन्दोलन चर्काउने भएको छ ।

घोषित आन्दोलनको कार्यक्रम अनुसार राष्ट्रिय स्वाधिनताका विषयमा भदौ २४ गते देशब्यापी विरोध प्रदर्शन गर्ने रहेको क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यद्वारा विहीबार जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्वाधीनता र अपर कर्णाली लगायत जलविद्युत् परियोजनाको बारेमा संघर्ष चर्काउने वैद्य माओवादीले निर्णय गरेको छ ।

सुकुम्बासी समस्याकाबारेमा आगमी भाद्र १५ गते देशका विभिन्न जिल्लाहरूमा विरोध प्रदर्शन गर्ने तथा संयुक्त मोर्चा तथा विभिन्न जवस मोर्चाहरूमार्फत भ्रष्टाचार, कमिशनखोरी, महङ्गी, कालाबजारीको विरोध र भूकम्पपीडितहरूका लागि नवनिर्माणको व्यवस्था लगायतका विषयलाई लिएर सङ्घर्षको कार्यक्रम गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया