बलात्कारी बाबा गुरमितका कथित धर्म पुत्री हनिप्रित पञ्जावमा पक्राउ

बलात्कारी बाबा गुरमितका कथित धर्म पुत्री हनिप्रित पञ्जावमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ असोज २०७४
  • 8.4K
    Shares

नेपालमा लुकेको हुन सक्ने भन्दै भारतीय सञ्चार माध्यमहरुले हल्ला गरेपछि पूर्वी नेपालमा केही अघि खोजी भएको भारतीय बलात्कारी बाबा गुरमित राम रहिम सिंहका कथित धर्मपुत्री हनिप्रित भारतकै पञ्जावमा पक्राउ परेकी छन् ।
भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार उनलाई करिव एक महिनाको लुकाछिपीपछि पञ्जावको एक राजमार्गमा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पञ्चकुल प्रहरी कमिश्नर एएस चवलाले एक जना अर्की महिलाका साथ हनिप्रितलाई नभा साहिव गुरुद्वार नजिकै जिरकपुर–पटियाला राजमार्गमा पक्राउ गरिएको उल्लेख गरेका छन् ।
एक महिनाअघि बलात्कारको मुद्दामा दोषी ठहरिएर कथित बाबा गुरमित जेल चलान भएदेखि नै हनिप्रतिको खोजी जारी थियो । गुरमितले गरेको यौन हिंसा र हत्याको आरोपमासमेत हनिप्रितको संलग्नता हुनसक्ने आशंका प्रहरीले गर्दै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार