१३ असोज, मुम्बई । मुम्बईको एक रेलवे स्टेशनमा भागदौड मच्चिँदा २२ जनाको मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
एल्फिस्टन र परेलको लोकल रेलवे स्टेशनलाई जोड्ने पुलमा बिहान करिब साढे १० बजे भागदौड मच्चिएको थियो । घटनामा ३० जनाको मृत्यु भएको किंग एडवर्ड मेमोरियल हस्पिटलका डा. प्रवीण बांगडले पुष्टि गरेका छन् ।
अत्यधिक वर्षा भइरहेको बेला भागदौड मच्चिएको थियो । पानी परेपछि ओत लाग्न धेरै मानिसहरु फुट ओभर ब्रिजमा जम्मा भएका थिए । त्यसैबेला पुल भाँचिएको हल्ला फैलिएपछि भागदौड सुरु भएको अनुमान गरिएको छ ।
घटनापछि रेलवे स्टेशन बन्द गरिएको छ ।