म्यानमारमा एउटै खाल्डोमा भेटियो ४५ हिन्दूको लाश, दर्दनाक दृश्यका बाहिरिए फोटो (फोटोफिचर)

म्यानमारमा एउटै खाल्डोमा भेटियो ४५ हिन्दूको लाश, दर्दनाक दृश्यका बाहिरिए फोटो (फोटोफिचर)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ असोज २०७४
  • 17.3K
    Shares

एजेन्सी। म्यानमारमा रोहिंग्या मुसलमानहरुमाथि चरम दमन गरेको दर्दनाक समाचार आइरहेका बेला यहाँ तिनै रोहिंग्या मुसलमानले हिन्दूहरुमाथि पनि चरम दमन भएको खुलासा भएको छ । हालै म्यानमारको सेनाले मांगदा टाउनसिप नजिकै हिन्दूहरुको गाउँबाट ४५ जना हिन्दूहरुको शव बरामद गरेको छ । सेनाको रिपोर्टका अनुसार गाउँबाट अझै ४५ हिन्दू बेपत्ता छन् ।

सेनाले यी सबैको हत्या रोहिंग्या मुसलमानले गरेको दावी गरेको छ । यस क्षेत्रमा सेनाले सर्च अभियान चलाइरहेको छ । सेनाका अनुसार हजारौं हिन्दू त्यो गाउँबाट भागिसकेका छन् । हालै म्यानमारबाट भागेर बंगलादेशमा शरण लिइरहेका हिन्दूहरुले पनि रोहिंग्या समुदायका आतंकवादी समूहमाति नरसंहारको आरोप लगाएका थिए । एक महिलाले कमसेकम १०० हिन्दूको हत्या गरेको दावी गरेकी थिइन् ।

 

प्रतिक्रिया