बिधार्थी सङगठन सडक बाघको रुपमा होइन शैक्षिक संवाहकको रुपमा बिकसित गर्छौ- नेत्र चापागाई नयाँ शक्ति विधार्थी युनियन

बिधार्थी सङगठन सडक बाघको रुपमा होइन शैक्षिक संवाहकको रुपमा बिकसित गर्छौ- नेत्र चापागाई नयाँ शक्ति विधार्थी युनियन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० भाद्र २०७४
  • 12.7K
    Shares

आर्थिक संमृदिको एजेण्डा लिएर गठित नयाँ शक्ति पार्टीको विधार्थी सङगठन नयाँ शक्ति विधार्थी युनियन नेपालको भाद्र २३,२४ र २५ गते काठमाण्डौमा प्रथम राष्ट्रिय सम्मेलन हुदै छ। माओवादी आन्दोलन हुदै अार्थिक संमृदिको एजेण्डामा बाबुराम भट्टराईलाई साथ दिदै आएका पोखराका बिधार्थी नेता नेत्र चापागाई सङ्ग हाम्रो सञ्चारकर्मी आश तमु सङ्गको कुराकानी

“पहिलो राष्ट्रिय सम्मेलन हुँदै छ,तपाईको सङ्गठनले राष्ट्रिय सम्मेलनमा के मुद्दामा बहस गर्दै हुनु हुन्छ?”

हामी अहिले पहिलो राष्ट्रिय सम्मेलनको तयारीमा छौ। अहिलेको राष्ट्रिय सम्मेलन शैक्षिक क्षेत्रमा जुन दलीय भाग भण्डा छ, त्यसको अन्त्य नै हाम्रो मुख्य मुद्दा हो। प्राधापक , शिक्षक कर्मचारीमा जुन सरकारी बेतन खाएर दलिय संरचना खडा गरेर त्यसमा आधारित संरचना बनेका छन। त्यसका अन्तका लागि हाम्रो सघर्ष हो । हाम्रो पार्टी र विधार्थी सङगठनले कहिल्यै पनि सरकारी बेतन खानेहरुको सङगठन निर्माण गर्दैन र त्यो आवश्यक पनि छैन। आर्थिक संमृदिको युगमा हामी राजनैतिक भन्दा पनि राजनीतिलाई समाजिकीकरण गर्ने मुद्दामा छौ।यसकारण हाम्रो मुद्दा भनेको शैक्षिक क्षेत्रमा राजनैतिक भाग भन्डाको अन्त्य र सुधार हो। हिजोको बिधार्थी सङगठनले राजनैतिक आन्दोलन मात्र गर्यो भने हाम्रो आन्दोलन आर्थिक समृद्धिलाई टेवा पुग्ने दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक मुद्दा नै मुख्य मुद्दा हो।

“विधार्थी सङगठनको अहिले आएर विधार्थी माझ लोक प्रीयता घट्दै छ, यसलाई कसरी लिनु भएको छ।”

अहिले विधार्थी सङगठन र विधार्थी आन्दोलन प्रती सम्रग सम्रग विधार्थीर आम सरोकारवाला पक्षहरुको लोकप्रियता घट्दो छ। परिवर्तनको वाहक बिधार्थी सङगठनको लोकप्रियता घट्नुमा माउ पार्टीहरुले विधार्थी सङगठनहरुलाई झोले र भरीया सङगठनको रुपमा र आफ्ना कार्यकर्ता उत्पादन गर्ने करखानाको रुपमा स्थापीत गराईदिएको छ,यसकारण लोकप्रियता घट्दो छ। नया शक्ति विधार्थी युनियन यसलाई उल्टाउन चाहान्छ। विधार्थी सङगठन पार्टीको झोले,भरीया वा कार्यकर्ता उत्पादन गर्ने मात्र नभैइ राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ती उत्पादन गर्नका निम्ति, विश्वविद्यालयमा अध्ययनशिल,खोजमुलक र अनुसन्धानमुलक बनाउनको निम्ति जुझारु पहलकदमी लिने विधार्थी सङगठन बनाउनु पर्छ। विधार्थी सङगठन भनेको राज्यलाई सिकाउने खालको हुनु पर्दछ ।अव खासमा सडकमा अबरुद्ध गर्ने खालको विधार्थी सङगठन होइन, कि एक जनाले पनि रोजगार सिर्जना गर्ने खालको दक्ष जनशक्ति उत्पादन गर्न प्रेरित गर्ने विधार्थी सङगठन निर्माण गर्नु पर्छ र बिधार्थी नेता उत्पादन गर्नु पर्छ भन्ने हाम्रो सङगठनको जोड वल रहेको छ।

” सङ्गठनको कस्तो संरचना अवलम्बन गर्दै हुनुहुन्छ?”

अहिले समग्र बिधार्थी आन्दोलन हेर्दा खेरी साङठानिक संरचना अति भद्रगोल छ। विधार्थी संगठन भित्र गुटमात्र होइन गाङ फाइट हुने गरेको छ। यसको मुख्य दोषी नेतृत्व भन्दा पनि साङठनिक संरचना हो।अहिले देशै भरी बाट केन्द्रित गरेर एउटा खर्चिलो खालको सम्मेलन गर्ने र त्यसवाट दुईचार नेता उत्पादन गर्ने संरचना जुन अहिले अवलम्बन गरेको छ,त्यसको बिकल्पमा हाम्रो सङगठन भनेको चाहिँ समतलिए खालको हुन्छ।हाम्रो जिल्ला संरचना,प्रदेश संरचना भन्दा पनि कार्यकारी विश्वविद्यालय र बिभागीय खालको संरचना हुन्छ।त्यसले गर्दा अरुको भन्दा हाम्रो फरक छ। यसले ल्याउने परिणाम पनि फरक आउँछ र अपेक्षा पनि तेही गरिएको छ। वैकल्पिक शक्ति भनेको मान्छेहरुको भिड जम्मा गएर राज्यलाई दवाव दिनु भन्दा पनि क्षमता केन्द्रित गरेर राज्यलाई बिकल्प दिने साङगठनिक संरचना हाम्रो बन्छ र त्यो राष्ट्रिय सम्मेलनले निर्माण गर्छ।यसैका निम्ति हामी पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्दै छौ।

उम्मेदवारी के मा दिने तयारीमा हुनुहुन्छ?”

सम्मेलन भनेको नेतृत्व चयन पनि हो।नेतृत्वको विषयलाई लिएर तल देखि माथी सम्म व्यापक छलफल पनि भएका छन।एक अर्कालाई सिध्याउने गरि पुरानो शक्तिमा जुन अभ्यास हुन्छ।त्यो खालको अभ्यासवाट नया शक्ति बिधार्थी युनियन मुक्त छ।हामी एक अर्काको परिपुरक बन्ने गरि हामीले सोचीरहेका छौ र बहस गरिरहेकाछौ। नेतृत्व लामोबहसको विचबाट नभई सहमतिको बिचवाट चयन गरेर आउछौ। दुई दिन भन्दा बढी सम्मेलन लम्बाउने पक्षमा छैनौ। नितिगत वहस र नेतृत्वको बहस हामी यही दुई दिन भित्र टुग्याउछौ। यदि देशै भरीका साथीहरुले बिश्वास गर्नु भयो भने आफू नेतृत्व लिन तयार र सक्षम छु।नयाँ शक्ति बिधार्थीयुनियनले राष्ट्रिय सम्मेलनमा एक कुशल वैचारिक शैक्षिक आन्दोलनको नेतृत्व गर्न सक्ने हात्ती सङ्गठन होइन,हात्ती परिचालन गर्ने माउते नेतृत्वको निर्माण गर्ने छ। हाम्रो मुद्दा भनेको नेपालको चित्र धेरैले बदले अब हाम्रो आन्दोलन भनेको अब चरित्र बदल्ने हो

“जनयुद्धको धारवाट आउनु भएको पृष्ठभूमिमा मार्क्सवादवाट तपाइले भन्ने गरेको लोक कल्याणकारी धारमा आफैलाई के फरक पाउनु हुन्छ?”

माओवादी कालिन जनयुद्द भनेको संविधान निर्माण र राजतन्त्रको अन्त्य सम्म थियो।अहिले नेपाल नयाँ युगमा प्रवेश गरेको छ। त्यो आर्थिक समृद्धिको युग हो। त्यसकारण अब मार्क्सबाद भित्र के ? भन्दा पनि अब नेपालमा के आवश्यकता छ ? त्यो खोज्ने कुरा हो।कसैले मार्क्सलाई हेरेर निर्णय गर्छ , कसैले विपीलाई ! हामी हाम्रो राष्ट्रमा आवश्यक्ता भनेको अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशवाट रोजगारीको शिलशिलामा विदेश पुगेका युवाहरुको मृत शरीर काठको वाकसमा छोपीएर आउदै गर्दाको पिडालाई हेरेर निर्णय गर्ने हाम्रो सङगठन हो। हिजोको मार्क्सबादी युगभन्दा केन्द्रीकृत राज्यसत्ता र केन्द्रीकृत अर्थतन्त्रमा आधारित मार्क्सवादी अर्थतन्त्र हो भने हामीले भनेको चाहीलोक कल्याणकारी राज्यमा आधारित अर्थ तन्त्र हो।जसले चाहिँ निजित्व पनि प्राप्त गर्छ। यो अर्थतन्त्र र दर्शनमा धेरै फरक छ।हामीलाई असजिलो महसुस भएको छैन।राजनैतिक सङगठ्न एउटा सयन्त्र हो।हिजो एउटा युग थियो,तेही सयन्त्र ठिक थियो। आज अर्को युगमा छौ, हामी यही अनुसारको मुद्दामा आधारित सङठनमा घुलमेल भएका छौ। आर्थिक क्रान्ति गर्न लागेका छौ।हामी यसलाई सिस्टमको क्रान्ती पनि भन्छौ।सन्चालनलाई हरेक कुरालाई सिस्टममा ढाल्नुपर्छ भनेर हिडेका छौ।

“विवेकशील र साझा पार्टीमा उर्लदो युवा विछ नया शक्तिको वैकल्पिक राजनीतिलाई कसरी स्थापित गर्दै हुनुहुन्छ?”

विवेक शिल र साझा पार्टी अहिले जुन एकिकरण भै एउटै पार्टी भनेको छ।यसले समाजमा सकारात्मक सन्देश प्रभावगरेको छ, सिस्टमको आन्दोलनको सुरुवात गरेको छ। यो प्रती हामी तर्सिनु पर्ने डराउनु पर्ने कारण छैन।उहाँहरुको सुशासनको मुद्दा र हामीले भनेको “पाँच स”एउटै मुद्दा हो। विवेक शिल र साझा पार्टीको संरचनाकमजोर छ भने हामीमा आकर्षकको पक्ष कमजोर ! यसलाई मिलाएर हामीले वैकल्पिक राजनैतिक शक्ति सित एकीकृत भएर अगाडि बढ्नुपर्छ।पुराना राजनैतिक शशक्तिहरुलेदेशलाई भष्टचार र कु शासनमा बबदलेको छ। त्य्सलाई बदल्न हामीले राज्यकोचित्र होइन चरित्र बद्ल्ने आन्दोलनमा सयुक्त रुपमा लाग्नुपर्दछ।डा गोबिन्द केसीले थालेको आन्दोलनमा हामी सयुक्त भयौ र चुनाव सम्म पनि हाम्रो मार्तृ पार्टी नयाँ शक्ति नेपाल,साझा पार्टी र विवेक शिल पार्टीलाई एकीकृत गरेर चुनावमा जाने हाम्रो प्रयत्न रहन्छ।सम्भवत हामी सफल पनि हुन्छौ।

‘अन्त्यमा केही भन्नुहुन्छ कि?”

राष्ट्रिय सम्मेलनले अहिले शिक्षामा भएको विकृति विसङगतीको पुर्ण अन्त्य गर्ने घोषणा गर्छौ। रचनात्मक शैक्षिक आन्दोलनहरु घोषणा गर्छौ। अबको बिधार्थी सङगठन सडक बाघको रुपमा होइन शैक्षिक संवाहकको रुपमा बिकसित गर्छौ र सावैलाई रचनात्मक सहयोग गरिदिनु हुन आग्रह गर्छौ।

प्रतिक्रिया