पनामा प्रकरणमा नवाज शरिफ दोषी ठहर, प्रधानमन्त्रीका लागि समेत अयोग्य

पनामा प्रकरणमा नवाज शरिफ दोषी ठहर, प्रधानमन्त्रीका लागि समेत अयोग्य


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ साउन २०७४
  • 7.7K
    Shares

पनामा पेपर लिक प्रकरणमा पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ दोषी ठहरिएका छन्। त्यहाँकाे सर्वाेच्च अदालतका न्यायाधीश आसिफ सईद खोसा नेतृत्वको पाँच सदस्यीय ईजलासले सरिफलाई दोषी ठहर गरेको हो। उक्त ईजलासले शरिफलाई प्रधानमन्त्री पदका लागि समेत अयोग्य ठहर गरेको हो।

तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका नवाज सरिफ र उनको परिवारमाथि भ्रष्ट्राचार र विदेशमा पैसा लुकाएको आरोप लाग्दै आएको छ।

सन् २०१५ मा भएको चर्चित पनामा पेपर्स प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसंग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिका बारे छानविन भएको थियो।

पनामा पेपर्स प्रकरणपछि नवाज शरिफको परिवारको सम्पत्तिका बारे छानविन गर्न गठन गरिएको टोलीले गत १० जुलाईमा आफ्नो प्रतिवेदन दिएको थियो।
अब यो फैसला पछि नवाज शरिफले प्रधानमन्त्री पदबाट राजिनामा दिनु पर्नेछ।

सम्भावित तनावको स्थितिलाई मध्यनजर गर्दै आज बिहान अदालत बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

पनामा पेपर्स’ प्रकरणलाई लिएर प्रधानमन्त्री विरुद्ध उजुरी दायर गर्नेहरु मध्ये विपक्षी पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष तथा भूतपूर्व क्रिकेट खेलाडी इमरान खान पनि एक थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार