नेपालीले पनि लिए मज्जा कोरियाको हिलो महोत्सवमा

नेपालीले पनि लिए मज्जा कोरियाको हिलो महोत्सवमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ साउन २०७४
  • 10.7K
    Shares

विकास श्रेष्ठ सोल : कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ । थेछनको समुद्री किनारमा भइरहेको हिलो महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लागेको छ ।
विशेषगरी साप्ताहिक विदाको दिन पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले गरिएको यस महोत्सवमा नेपालीहरु पनि जाने गरेका छन् ।

समुद्रको छालमा खेलेर तथा हिलोमा खेलेर मज्जा लिन कोरियन लगायत विदेशी पर्यटक जाने गरेका छन् । महोत्सव सन् १९९८ देखि हरेक वर्ष आयोजना गरिदै आएको छ । यहि जुन ३१ तारिखबाट सुरु भएको यो महोत्सव जुलाई ३० तारिखसम्म चल्ने आयोजकले जनाएको छ ।

कोरियाले देशको धार्मिक, ऐतिहासिक अन्य क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न बेला बेलामा यस्ता खाले महोत्सवको आयोजना गर्ने गरेको छ । गर्मी विदामा घरेलु खपत वृद्धि गर्न भारी छुट सहितको व्यापार मेला, यात्रा गर्न सवारीमा छुट दिने गरेको छ । जसका कारण आन्तरिक तथा विदेशी पर्यटक वृद्धि हुने गरेको छ ।
कोरियामा सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गर्छन भने जापान, दक्षिणपूर्वी मुलुक, युरोपियन र दक्षिण अमेरिकी मुलुकका पर्यटक भ्रमणका लागि आउने गरेका छन्।
२०७४ साउन ९ गते

प्रतिक्रिया