नेपाली टिभी कार्यालयमा पश्चिम बंगाल सरकारले लगायो ताला

नेपाली टिभी कार्यालयमा पश्चिम बंगाल सरकारले लगायो ताला


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ साउन २०७४
  • 7.1K
    Shares

श्रावण ८, २०७४- एक महिनादेखि दार्जिलिङमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको पश्चिम बंगाल सरकारले एउटा नेपाली टीभी च्यानलको प्रशारण समेत रोकेको छ ।

सिलिगुडीबाट प्रशारण भइरहेको भारतकै पहिलो नेपाली टीभी च्यानल एबीएनलाई बंगाल सरकारको ठाडो निर्देशनमा बन्द गरिएको हो । प्रहरीले सिलिगुडीस्थित टीभी कार्यालयमा शनिबार राति १ बजे तालाबन्दी गरेको च्यानलका पत्रकार रुवेन गुरुङले जनाए ।

‘पूर्व जानकारी बिना प्रहरीले अचानक तालाबन्दी गर्दा हामी आतंकित बनेका छौं,’ गुरुङले भने, ‘यो बंगाल सरकारको ज्यादती हो ।’

गोर्खाल्याण्डको समर्थनमा समाचार प्रशारण गरेको आरोप प्रशासनको छ । प्रहरीले तालाबन्दी अघि कार्यालयमा अनाधिकृत ढंगबाट छापा मारेको थियो ।

टीभी कार्यालयमा तैनाथ प्रहरी । तस्बिर : कान्तिपुर

प्रतिक्रिया
सम्बन्धित समाचार