एजेन्सी । आफ्नो बगैंचामा सेक्स गरिरहेको एक जोडीको प्रहरीको हेलिकप्टरबाट भिडियो खिचिएको मामलामा अदालतमा सुनुवाई सुरु भएको छ । यो घटना बेलायको दक्षिणी इलाका योर्कशरको हो ।
सो घटनाका सम्बन्धमा योर्कशरका दुई प्रहरी अधिकारी र दुई जना पाइलटविरुद्ध शेफिल्डको क्राउन कोर्टमा सुनुवाई सुरु भएको हो ।
४२ वर्षीय मैथ्यु लुकास, ४७ वर्षीय ली वाल्स, ४५ वर्षीय मैथु लुसेमोर र ६४ वर्षीय मलकोम रिभ्सले सरकारी उपकरणको दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन् ।
अदालतमा उनीहरुले उक्त जोडी घाममा बिना कपडा रहेको र दुवै जना सेक्स गर्नमा लिप्त रहेको बताएका छन् । यही क्रममा प्रहरी हेलिकोप्टरबाट फिल्म बनाइएको थियो ।
यद्यपि जुन आरोप उनीहरुले अस्वीकार गरेका छन्, यसमा एक पाँचौ व्यक्ति पूर्व प्रहरी अधिकृत एड्रिअन पोगमोरे पनि संलग्न छन् । उनले सरकारी कार्यालयको दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन् ।
भिडियोमा भने उक्त जोडी आफ्नो बगैंचामा सेक्स गरिरहेको स्पष्टसँग देखाइएको छ । जाँच अधिकारी रिचर्ड राइटले हेलिकोप्टर चालक दलका सदस्यले उच्च गुणस्तरको क्यामेरा प्रयोग गरेर फिल्म बनाएको बताए । उनले यसो गर्नु निजी गोपनीयताको उल्लंघन भएको बताए ।
यौन कर्ममा रहेको भनिएकी महिलाले अदालतमा भनिन, ‘यो मेरो निजी स्वतन्त्रताको खुल्लमखुल्ला उल्लंघन हो । म यसबाट निकै तनावमा र दुःखी भएकी छु ।’
सन् २०१२ मा पनि यस्तै फिल्म बनाइएको थियो । अदालतमा अहिले सुनुवाई जारी छ । यो घटनाको विषयमा आगामी तीन हप्तासम्म अदालतमा सुनुवाई हुने अपेक्षा गरिएको छ ।