पोर्चुगल बन्यो युरोपको च्याम्पियन

पोर्चुगल बन्यो युरोपको च्याम्पियन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ असार २०७३
  • 16.1K
    Shares

आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ । निर्धारित ९० मिनेटसम्म दुबैतर्फबाट गोल नभएपछि अतिरिक्त समयमा पोर्चुगलले फ्रान्सलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

घाइते भएपछि कप्तन तथा प्रमुख स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई २४ औं मिनेटमा गुमाएको पोर्चुगलले त्यसपछि पनि निरन्तर संघर्ष गर्दै उपाधि उचाल्न सफल भएको हो ।

घाईते भएपछी मैदानबाट बाहिरिनई रोनाल्डो
घाईते भएपछी मैदानबाट बाहिरिनई रोनाल्डो

पोर्चुगलका लागि खेलको १०९ औं मिनेटमा इडरले गोल गरेका थिए । उनले डी बक्स नजिकैबाट गरेको सटिक प्रहार पोस्ट्को दाहिने कुना च्याप्दै गोलमा परिणत भएको थियो ।

समूह चरणका तीन खेलमा जितबिहीन बन्दै अघि बढको पोर्चुगलले सेमिफाइनलमा विश्वविजेता जर्मनीलाई पाखा लगाएको फ्रान्सलाई उसकै भूमिमा हराउँदै इतिहास बनाएको हो ।

सन् २००४ मा घरेलु भूमिमै ग्रिससँग पराजित हुँदै उपाधि गुमाएको पोर्चुगलले फ्रान्सलाई उसकै घरेलु भूमिमा हराउन १०९ मिनेटसम्म कुर्नुपर्यो ।रोनाल्डो बाहिरिएपछि दबाबमा पर्ने अनुमानविपरित पोर्चुगलले घरमा बिजेता बन्न आतुर फ्रान्सविरुद्ध बहादुरी देखाउँदै उपाधि उचाल्न सफल भयाो ।

प्रतिक्रिया