चितुवाको बच्चा सिंहले स्याहारेपछि

चितुवाको बच्चा सिंहले स्याहारेपछि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ साउन २०७४
  • 11.6K
    Shares

एक सिंहले अर्को प्रजातिको बच्चा भेटे के गर्ला? तान्जानियामा भने एक सिंहले चितुवाको बच्चा स्याहार गर्दै गरेको दृश्य क्यामरामा कैद भएको छ। यस्तो दृश्य पहिलो पटक देखिएको जनाइएको छ।

‘नोसिक्तोक’ नामक पाँच वर्षको पोथी सिंहले तान्जानियाको ङोरोङोरो संरक्षण क्षेत्रमा यस्तो अनौठो व्यवहार देखाएको हो।

सो सिंहलाई नजिकबाट नियालिरहेका मानिसहरुले समेत तीन हप्ताको चितुवाको बच्चा किन र कसरी स्याहार्‍यो भन्ने कुरा थाहा नपाएको बताइएको छ।

यद्यपि एक संरक्षण अभियन्ता ल्युक हन्टरका अनुसार सिंहले भर्खरै बच्चा पाएको र चितुवाको बच्चासँग उसको बच्चा मिल्दोजुल्दो भएको हुनाले यस्तो भएको हो।

‘यद्यपि यो एकदमै अनौठो घटना हो,’ उनले भने।

वरिपरि आफ्नो बच्चा नभएको बेला सिंहले चितुवाको बच्चा भेटेको हुनाले उसले स्याहार गरेको किनभने ऊ त्यसबेला मातृत्वको हर्मोनबाट प्रभावित थियो।

सो बच्चालाई जन्म दिने चितुवाको बारेमा पनि केही जानकारी नभएको बताइएको छ।

गत मंगलबार सो दृश्य कैद गरिएको हो। तर सिंहले चितुवाको बच्चालाई कतिञ्जेल स्याहार्ने हो, त्यसको कुनै निश्चितता नभएको विज्ञहरुले जनाएका छन्।

‘सिंहको दम्भले त्यसो गर्न दिन्छजस्तो लाग्दैन,’ हन्टर भन्छन्, सिंहसँग निकै जटिल र उच्च स्तरको सामाजिक सम्बन्ध हुन्छ। उनीहरु हरेकलाई हेरेर र आवाज सुनेर चिन्छन्। त्यसैले उनीहरुले आफ्नो र अरुको बच्चा छुट्याउन माहिर हुन्छन्। यदि त्यसो भएमा चितुवाको बच्चा मारिने सम्भावना बढी छ।’

तर यदि १२ देखि १८ हप्तासम्म चितुवाको बच्चा बाँच्न सफल भए आफूखुसी बाँच्न सक्ने बताइएको छ।

एजेन्सी

प्रतिक्रिया