भारतले गायक उदित नारायाण झालाई पद्म भुषण सम्मान प्रदान गर्ने भएको छ। सोमबार यो खबर फैलिएसँगै उनलाई बधाई दिने र सामाजिक सञ्जालमा गाली गर्ने पनि उत्तिकै देखिए।’साँच्चै खुशी लागिरहेको छ। ३५–४० वर्ष काम गर्दा यो दिन आउँछ भनेर मैले कहिलै सोचेको थिइनँ’, उदितलाई उदृत गर्दै आजतकले उल्लेख गरेको छ, ‘ईश्वरको ठूलो कृपया हो। सदैव मलाई प्रार्थना गर्ने मेरा सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु। भारत सरकारलाई पनि धन्यवाद दिन चाहन्छु।’