प्रधानमन्त्री ओलीलाई ताली खान मन लागेपछि …

प्रधानमन्त्री ओलीलाई ताली खान मन लागेपछि …


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ असार २०७३
  • 8.8K
    Shares

व्यवस्थापिका संसदमा शनिबार विनियोजन विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने क्रम दिनभर चल्यो र, शनिबारकाे बैठकमा अन्तिममा सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयको बजेटबारे जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली रोष्टममा उभिए । प्रधानमन्त्री ओलीले बोलिरहँदा सांसदहरुले खासै ताली बजाएनन् । प्रधानमन्त्रीले बोल्दा ड्याप ड्याप पार्दै समर्थन गर्न एमालेसहितका सत्ता पक्षका दलका सांसदहरुमा पनि जाँगर देखिएन ।

विकास योजनाबारे निरन्तर बोल्दा पनि ताली नपाएपछि प्रधानमन्त्री ओली आफैैंले बोल्नु पर्ने अवस्था आएको छ । उनले हुलाकी राजमार्ग सरकार आफैंले बनाउने र मधेसका जिल्लाहरु सदरमुकामहरुमा पनि चत्रपथ बनाइने बताए । तर, सांसदहरुले ड्याप ड्याप पारेनन् ।

लगतै प्रधानमन्त्री ओलीले सांसदहरुतिर हेर्दै भने, ‘ताली पनि कोही लगाउनु हुन्न । के हो ? यो प्रश्नमा संसदमा हाँसोको फोहोरा छुट्यो । र, एमाले सांसदहरुले हाँस्दै ड्याप ड्याप पारे ।

लगतै प्रधानमन्त्रीले भने, विर्सनु भो कि भनेर सम्झाएको मात्र । यसपछि संसदमा फेरि हाँसोको फोहोरा छुट्यो ।

त्यसपछि भने प्रधानमन्त्रीले बोल्दै पिच्छे सत्तारुढ दलका सांसदहरुले ड्याप ड्याप पार्दै ताली बजाए ।

प्रतिक्रिया