चीनमा एक पिता छोरीसँग पसे चिहानमा, यस्तो छ दर्दनाक कारण

चीनमा एक पिता छोरीसँग पसे चिहानमा, यस्तो छ दर्दनाक कारण


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 15.2K
    Shares

चीनको सिचुआन प्रान्तमा रहेको नेइजिङमा बस्ने एक दुई वर्षीया बालिकाका पिताले उनलाई चिहानमा गाड्न तयार पारेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेपछि जनताले आर्थिक सहयोग गरेका छन्।

झाङ सिनलेई थालास्सेमिया नामक प्राणघातक रोगबाट पीडित छिन् र उनलाई पितासँगै दिनदिनै चिहानमा राखिने गरिन्छ । मिडियामा आएको रिपोर्टअनुसार पिताले बच्चीलाई चिहानमा दिनदिनै खेल्न र आराम गर्नका लागि ल्याउने गरेका छन्। मृत्युको तयारीस्वरूप यसो गरिएको पिता बताउँछन्।

उक्त परिवारले झाङको उपचारका लागि करीब २० हजार ६०० डलर खर्च गरेपनि ठीक नभएको र उपचार खर्च उठाउन नसकेको बताएको छ। यो हृदयविदारक कथा चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो र अखबारको हेडलाइन पनि बनेको थियो ।

झाङकी आमा देङ मिनले डोनेसनका लागि अनुरोध गरेकी छन्। जनताले बच्चीप्रति सहानुभूति देखाएपनि धेरैले आमाबुवाको व्यवहारको भने आलोचना गरे र बच्चीको मानसिक स्वास्थ्यमा क्षति पु–याएको आरोप लगाए।

थालास्सेमिया वंशाणुगत रूपमा सर्ने रगतसम्बन्धी रोग हो। जन्मअघि नै यसको पहिचान हुनसक्ने भएपनि चीनका गाउँलेहरूलाई यसको परीक्षणका बारेमा जानकारी छैन। पिपुल्स डेली चाइनाबाट

प्रतिक्रिया