मिटर ब्याजको धन्दामा हिरोइन

मिटर ब्याजको धन्दामा हिरोइन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ माघ २०७२
  • 12.7K
    Shares

मिटर ब्याजको धन्दाबाट रातारात करोडपति बन्न खोज्दा गायिका रेखा शाह श्रीमानसहित दुई साता प्रहरी हिरासतमा बस्नुपर्यो । क्यासिनोमा जुवा खेल्ने सन्दीप काफ्लेलाई लाखको प्रतिमहिना १० हजारका दरले उनले ब्याज लगाएर पैसा आएकी थिइन् । यसैबीच, काफ्ले फरार भएपछि काफ्लेका बुबालाई धम्क्याएको आरोपमा उनी पक्राउ परिन् ।

नेपाली कला क्षेत्रमा रेखाजस्तै अरु धेरै कलाकारहरु मिटर व्याजको धन्दामा संलग्न छन् । कोहीले त्यही धन्दाबाट करोडौं कमाएका छन् भने कोही टाट पल्टिएका छन् । नायिका दीपाश्री निरौलादेखि रेखा थापासम्मले मिटर व्याजमा पैसा लगानी गरेका छन् । उनीहरुले पहिला बानेश्वरमा रोजमारी रेष्टुरेन्ट चालउने फिल्म निर्मार्ता धुव्र न्यौपानेलाई पैसा पैसा लगानी गरेका थिए ।

न्यौपाने समस्यामा परेपछि उनीहरुलाई पैसा उठाउन निकै सास्ती परेको थियो । हेटौंडाको जग्गा लिएर उनीहरुले न्यौपानेसँग पैसा असुलेका थिए । निर्देशक उज्जल घिमिरेको पैसा त अझै उठेको छैन । न्यौपाने पनि यतिवेला उपत्यकाबाट विस्थापित भइसकेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया