झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई बढार्ने भन्नेहरुलाई प्रदेश नं. २ मै देखाइदिने बताएका छन् ।
सोमबार झापाको कनकाई नगरपालिकामा एमालेको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै ओलीले भने, ‘एमालेलाई प्रदेश नं. २ मा हराउँछौं भन्नेहरुलाई देखाइदिन्छौं, कुचो कसको हातमा हुन्छ ।’
अबको पहिलो शक्ति भनेको नेकपा एमाले भएको दावी गर्दै ओलीले निर्वाचनमा हार व्यहोर्नु पर्ने भएकाले सरकारमा रहेका दलहरुले पटक-पटक निर्वाचन सारिरहेको दाबी गरे ।
एमाले राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै उनले माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्न एमालेले सरकारलाई दवाव दिइरहने बताए ।