पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदा कास्कीका प्रभात सुवेदीको मृत्यु भएको छ । सोमबार दिउसो प्याराग्लाइडिङको उडान गर्ने क्रममा फेवातालमा डुबेर २७ वर्षे सुवेदीको मृत्यु भएको हो ।
पोखरा लेखनाथ ३३ घर भएका सोलो पाइलट रहेका सुवेदी ब्लूस्काई प्याराग्लाइडिङबाट डेभलपमेन्ट ट्रेनिङमा सहभागी भएका उनको रेस्क्यु प्याराग्लाइडिङ सिक्ने क्रममा तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तालमा डुवेका सुवेदीलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पतालमा ल्याएपछि उनलाई डाक्टरले मृतक घोषित गरेको हो । उनको शव अहिले पश्चिमाञ्चल अस्पतालमा राखिएको छ ।