सिरहा, । सिरहामा एक बालिकालाई तीन घण्टा नियन्त्रणमा लिएर बलात्कार गर्ने युवकहरु पक्राउ पर्न सकेका छैनन् । सिरहाको धनगढीमाई नगरपालिकाकी शनिबार राति शौच गर्न उखुबारी जाँदा ३ घण्टा नियन्त्रणमा लिएर दुई युवकले बलात्कार गरेका थिए । तर, हालसम्म उनीहरुलाई पक्राउ गर्न सकिएको छैन ।
आरोपी युवकहरुले शनिबार मध्यराति १ बजेदेखि नियन्त्रण लिएर बिहान ४ बजेसम्म नियन्त्रणमा लिएर छाडेका बताइएको छ । उज्यालो भएपछि विक्षिप्त अवस्थामा घर आइपुगे लगत्तै आँगन बेहोस भएर ढलेकी थिइन् ।
तर, उक्त घटना गाउँमै मिलाउन खोजेको जानकारी पाएलगत्तै प्रहरी पुगेर बालिकाको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।
घटनाको अनुसन्धान र फरार आरोपीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन पत्रिकावाट