ताप्लेजुङमा मनोनयन दर्ता गर्न हिडेका उमेद्वार विप्लब कार्यकर्ताको कब्जामा

ताप्लेजुङमा मनोनयन दर्ता गर्न हिडेका उमेद्वार विप्लब कार्यकर्ताको कब्जामा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ असार २०७४
  • 8.6K
    Shares

ताप्लेजुङ—ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमबाट वडा सदस्यका उम्मेदवार उठ्न मनोनयन दर्ता गर्न हिँडेका एकजनालाई बिप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका छन्।

नेपाली काँग्रेसबाट वडा सदस्य पदको उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक तर्फ जादै गरेका मनकुमार पतङ्वालाई बिप्लव माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए।

केसीले घटनाबारे जानकारी लिने र उद्धारका लागि प्रहरी खटाएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार