‘एकतर्फी प्रदेश २ को चुनाव सार्ने निर्णय अमान्य’ राजपा

‘एकतर्फी प्रदेश २ को चुनाव सार्ने निर्णय अमान्य’ राजपा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ असार २०७४
  • 10.9K
    Shares

राजपाले प्रदेश २ को चुनाव सार्ने सरकारी निर्णय एकतर्फी रुपमा आएको भन्दै त्यसलाई मान्यता नदिने निर्णय गरेको छ । उसले आन्दोलनका कार्यक्रम जारी राख्ने पनि निर्णय गरेको छ ।

शुक्रबार राजधानीमा बसेको राजपा बैठकले निर्णयमा भनेको छ, ‘राजपा नेतृत्वको संघीय गठबन्धनको माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने अडान यथावत् रहेको छ र सरकारले राजपा, गठबन्धनसग गरेको सम्झौताविपरीत एकतर्फी निर्णय गर्दै निर्वाचन घोषणा गरेकाले त्यसलाई अमान्य ठहर गर्दै आन्दोलनका कार्यक्रम निरन्तरता दिने निर्णय गरेको छ ।’

राजपाले असार १४ सम्मका पुर्वघोषित आन्दोलन कार्यक्रम यथावत् रहने पनि अध्यक्ष महन्थ ठाकुरले जारी गरेको वक्तव्यमा भनिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार