एसईईको नतिजा सार्वजनिक, एसइई परीक्षाको नतिजा थाहा पाउन यसरी हेनुर्हाेस्

एसईईको नतिजा सार्वजनिक, एसइई परीक्षाको नतिजा थाहा पाउन यसरी हेनुर्हाेस्


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ असार २०७४
  • 9.7K
    Shares

काठमाडौं : गत चैत्रमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक हुने भएको छ । केहीबेर अघि बसेको परीक्षा समितिको बैठक सम्पन्न भए लगतै एसईईको नतिजा सार्वजनिक गरिएको हो

नतिजा शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौंको वेभसाइटwww.moe.gov.np , शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np , परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरको www.soce.np , राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np, नेपाल टेलीकम www.see.ntc.np , लगातयतको वेभसाइट मार्फत पनि हेर्न सकिने छ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी भएका थिए ।

विगतका वर्षमा एसएलसी भनिएको परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन संशोधनसँगै एसईई नामकरण गरिएको हो । गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी भएका थिए ।

यसअघि कक्षा १० अन्तिम परीक्षालाई एसएलसी भनिँदै आएकोमा गत असारमा भएको शिक्षा ऐनको आठौं संशोधनपछि कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई एसएलसी मानिएको हो । कक्षा १२ सम्मलाई माध्यमिक तह मानिएसँगै एसएलसी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको दायित्व पनि राष्ट्रिय परीक्षा बोर्डमा गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार