एजेन्सी । दक्षिण अफ्रिकाका एक २३ वर्षे युवक तीनजना युवतीद्धारा बलात्कारको शिकार बनेका छन् । पीडित युवक पूर्वी प्रेटोरियास्थित नेल्मापियसका हुन् । डेली मेलका अनुसार आफ्नो गन्तब्यमा हिँडिरहेका युवकले रोकेको ट्याक्सीमा पहिले नै तीनजना युवती बसिरहेका थिए । उनी चढेको केही समयपश्चात् ड्राइभरले रुट परिवर्तन गरे र उनलाई अगाडिको सिटमा बस्न बाध्य बनाए ।
‘त्यसपछि ती महिलाले उनलाई इनर्जी ड्रिङ्क पिउन बाध्य बनाएर दिनमा थुप्रै पटक पालैपालो बलात्कार गरे ।’ करिब १ सातापछि पीडितलाई अर्धनग्न अवस्थामा एक खेतमा फालिएको र उनले न्यायका लागी प्रहरीको अपिल गरेका थिए ।