स्थानीय तहको दोस्रो तहको निर्वाचन दुई नम्बर प्रदेशमा स्थगित

स्थानीय तहको दोस्रो तहको निर्वाचन दुई नम्बर प्रदेशमा स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असार २०७४
  • 7.8K
    Shares

काठमाडौं : प्रमुख राजनीतिक दलको बैठकले आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो तहको निर्वाचन दुई नम्बर प्रदेशमा स्थगित गर्ने निर्णय गरेको छ ।

सिंहदरवारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस,एमाले र माओवादी केन्द्रका नेताहरुले दुई नम्बर प्रदेशमा भइरहेको र हुन सक्ने हिंसात्मक गतिबिधिलाई ध्यानमा राखेर निर्वाचन सर्ने निर्णय गरेका हुन । तराई मधेशकेन्द्रित राष्ट्रिय जनता पार्टीलाई समेत सहभागी गराईएको बैठकले दुई नम्बर प्रदेशको निर्वाचनलाई तेस्रो चरणमा गर्ने निर्णय गरेको हो ।

निर्वाचन बिथोल्ने गरी राजपाले हिंसात्मक संघर्ष गर्न थालेपछि उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन बिहिबार दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय गरिएको छ । बैठकमा सहभागी गृहमन्त्री जनार्दन शर्माका अनुसार दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशको निर्वाचन असार १४ गते नै हुनेछ । ‘दुई नम्बर प्रदेशको निर्वाचन कहिले गर्ने भन्ने मिति तोकिएको छैन ।’

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने राजनीतिक दलहरुको निर्णयका बारेमा सरकार र निर्वाचन आयोग वीच अपरान्ह ३ बजे बैठक हुँदैछ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार दुई नम्बर प्रदेश बाहेक एक,पाँच र सात नम्बर प्रदेशमा असार १४ गते नै निर्वाचन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार