जाजरकोट – यहाँको जनविकास आधारभुत विद्यालय त्रिवेणी नलगाड नगरपालिका ७ को हावाहुरीले छाना उडाएपछि समस्या भएको छ ।
गएराती आएको हावाहुरीले यहाँका तीन वटा विद्यालयमा छाएको टिनको छाना सवै उठाएपछि पढ्न पाठनमा समस्या आएको प्रधानाध्यापक गोरखवहादुर शाहले बताए ।
शाहका अनुसार छाना पुरै उडाँएको छ । विहान विद्यार्थीहरु खुल्ला आकाशमुनि पढ्न वाध्य छन् । हावा हुरीले विद्यालयको कार्यालय सञ्चालन गरेको कोठामा समेत क्षति पुर्याएको छ ।
विद्यार्थीहरु आकाश हेर्दै पढ्दै गरेको शाहले वताए । विद्यालयमा एक लाख भन्दा वढीको क्षति भएको छ ।