कर्णालीमा बस दुर्घटना, १० जनाको मृत्यु

कर्णालीमा बस दुर्घटना, १० जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ जेष्ठ २०७४
  • 7.7K
    Shares

कालिकाटेबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको राकम कणर्ालीमा दुर्घटना भएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बस करिब २/३ सय मिटर तल खसेको दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए ।

दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार