एमाले सांसद माथि मधेस विरोधी भन्दै ढुंगामुढा

एमाले सांसद माथि मधेस विरोधी भन्दै ढुंगामुढा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० जेष्ठ २०७४
  • 9.7K
    Shares

बर्दिबास : महोत्तरी क्षेत्र नम्बर ५ का नेकपा एमालेका सांसद दिपनारायण साह सवार गाडीमाथि राजपा नेपालका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । बिहानैदेखि बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् ।

निर्वाचनको विरोध गर्दै आएको राजपाले मंगलवारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको पहिलो दिन बन्दमा गाडी चलाएको भन्दै राजपाका कार्यकर्ताहरुले सांसद साह सवार गाडीमा ढुङ्गमुढा प्रहार गरेका छन् । ढुंगामुढाले ड्राइभर अगाडीको सिसा फुटेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो ।

आफ्नो निर्वाचन क्षेत्र सम्सी हुदैं रामगोपालपुरबाट औरहीतिर आउँदै गर्दा औरही बजारमा सांसद साहमाथि राजपाका कार्यकर्ताले हमला गरेका छन् । सांसद साहलाई मधेश विरोधी एमालेको नेता रहेको भन्दै राजपाका कार्यकर्ताले सडकमै गाडीको सीसा फुटाएका हुन् ।

आन्दोलनकारीको आक्रमणपछि थप आक्रमणबाट बच्न सांसद साह औरहीबाट १५ मिनेटमै गाडीको साईरन बत्ति बाल्दै गाडी भगाएर इलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षाको लागि पुगेका थिए । अहिले सांसद इलाका प्रहरी कार्यालय बर्दिबासमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार