विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीले रामेछापमा जग्गा कब्जा

विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीले रामेछापमा जग्गा कब्जा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ जेष्ठ २०७४
  • 19.6K
    Shares

२८ जेठ, रामेछाप । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीले रामेछापको खाडाँदेवी गाउँपालिकामा जग्गा कब्जा गरेको छ । सुनापति गाउँपालिका-२ दिमीपोखरीका मोहन घिसिङको ४० रोपनी जग्गामा झण्डा गाडेर माओवादीले कब्जा गरेको घोषणा गरेको हो ।

खाँडादेवी गाउँपालिका-७ गाल्पा निजिकैको बतासे डाँडाको जग्गा कब्जा गरिएको विप्लव समूहका रामेछाप जिल्ला सदस्य शेरबहादुर तामाङ ‘विवेक’ले जानकारी दिए । स्थानीयको जग्गा ललाई फकाई सस्तो मूल्यमा किनेको उजुरी परेपछि छलफलका लागि पटक-पटक बोलाउँदा पनि नआएकाले जग्गा कब्जा गरेको तामाङले बताए ।

पार्टीमा ७ जना स्थानीयले उजुरी गरेको पनि उनले जानकारी दिए । ‘दुबै पक्षलाई राखि छलफल गरेर निचोडमा नपुगेसम्म सो जग्गा हाम्रो नियन्त्रणमा रहन्छ,’ उनले भने ।

जग्गाधनी मोहन घिसिङले भने यस बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार