अनिश्चितकालिन आमहडताल सहित गठबन्धनको आन्दोलन कार्यक्रम घोषणा

अनिश्चितकालिन आमहडताल सहित गठबन्धनको आन्दोलन कार्यक्रम घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ जेष्ठ २०७४
  • 10.5K
    Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।

उम्मेद्वारहरूकाे मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएकाे छ । त्यस्तै असार ६ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने उसले जनाएकाे छ ।

आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न अाइतबार बिजुलीबजारमा आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको बताए । तर, सरकारले मागहरु पूरा गरेको खण्डमा आफूहरु सहमतिमा आउन तयार रहेको राजपा नेता महतोले संकेत गरे ।

यस्तो छ राजपाको आन्दोलन कार्यक्रम

– जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने ।

– जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने ।

-जेठ ३० र ३१ गते गाउँपालिका, नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने ।

-असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने ।

-असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने ।

-असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने ।

-असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने ।

-असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्‍याउने ।

-असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्‍याली निकाल्ने ।

-असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने ।

प्रतिक्रिया
सम्बन्धित समाचार